Apply Online

Category: Analysis

चौथो अंगमा दिलभुषण : टिभी पत्रकार अल्छी, सञ्चालक बोधो

पञ्चायतकालमा खुलेको नेपाल टेलिभिजनले गणतन्त्रसम्म आइपुग्दा पनि आफ्नो तौरतरिका बदलेको छैन। जो सत्ता र शक्तिमा थिए, उसैलाई समर्थन गर्ने मात्र काम गर्‍यो नेपाल टेलिभिजनले। सवाल-जवाफ गरेर सरकार र यसका अंगलाई जवाफदेही बनाउन सक्थ्यो, तर त्यो काम गरेन।

 

सरकारको कामको जानकारी दिने उसको दायित्व हो। सँगै, नागरिकलाई आलोचनात्मक तरिकाले सु-सूचित गर्ने जिम्मेवारी पनि हो। तर नेपाल टेलिभिजनले त्यसो गरेन। विस्तारै निजी क्षेत्रमा पनि टेलिभिजन खुल्न थाले। इमेज टिभीको सानो इकाइ थियो। कान्तिपुर पब्लिकेसनले पत्रिका निस्केको १० वर्षपछि कान्तिपुर टेलिभिजनको सुरुवात गर्‍यो। त्यतिबेला म कान्तिपुर दैनिकमा काम गर्थें। १० वर्ष भइसकेको थियो काम गर्न थालेको। द्वन्द्वकालमा रोल्पा, रुकुम, सल्यान र जाजरकोटमा बसेर रिपोर्टिङ गरें।  पत्रिकामा काम गर्दागर्दै टेलिभिजनमा काम गर्ने अफर आयो। अनि कान्तिपुर टेलिभिजनमा संस्थापक न्युज को-अर्डिनेटर भएर काम गरें। त्यो बेला टेलिभिजनको लेआउट, डिजाइनदेखि न्युज रिडिङसम्म कसरी गर्ने भनेर एक खालको ‘सेट अप’ बसाइयो। कान्तिपुर टेलिभिजनमा अहिलेसम्म पनि त्यही तरिका अपनाइएको छ।

पुरा पढनको लागि यहाँ थिच्नुहोस

चौथो अंगमा राजकुमार बानियाँ : सम्पादकहरु झोलुङ्गे पुल जस्ता भए, काम नगर्ने हल्लिने मात्रै

खासमा कपी एडिटिङ भनेको समाचार, विचार या फिचरमा गुणवत्ता स्थापित गर्नु हो। समाचार सामग्रीलाई सकेसम्म वस्तुनिष्ठ, स्पष्ट र खोट वा त्रुटिरहित बनाउनु हो।

कपी एडिटिङमा प्राविधिक ज्ञानमात्र नभएर सिर्जनशीलता देखाउने अवसर पनि हुन्छ। समाचार सामग्रीलाई रुचिकर, विश्वसनीय र पठनीय बनाउने काम कपी एडिटरको हो। त्यसका लागि उसमा शब्दशिल्पी मात्र भएर पुग्दैन, सूचना र ज्ञानकोष पनि उत्तिकै चाहिन्छ। त्यसैले न्युज रुममा कपी एडिटरको जिम्मेवारी गहकिलै हुन्छ।

त्यसो त हामीकहाँ कपी एडिटिङलाई त्यति महत्व दिएजस्तो लाग्दैन। प्रुफ रिडिङ, रिराइटिङ, फ्याक्ट चेकिङ लगायतका काम एउटै व्यक्तिले धानिरहेको देखिन्छ। कतिपयले कपी एडिटिङ र प्रुफ रिडिङलाई एउटै काम सम्झन्छन्। वास्तवमा प्रुफ रिडिङ त कपी एटिडिङको एउटा हिस्सा मात्र हो।

पुरा समाचार पढन यहाँ थिच्नुहोस

Solverwp- WordPress Theme and Plugin